काठमाडौं । चर्चित क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज उच्च अदालत पाटनमा आज सुनवाइ हुँदैछ ।
उनको एक नम्बरमै पालो भएकाले ‘हेर्न नभ्याइने’ मा पर्ने सम्भावना छैन ।
यदि आज सुनवाइ सुरु भएर सन्दीपको पक्षमा फैसला आयो भने उनी टि २० विश्वकप खेल्ने बाटो खुल्न सक्छ । नेपाल क्रिकेट संघ (क्यान) उच्चबाट सन्दीपले सफाइ पाउने प्रतिक्षामा रहेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले समयमै फैसला आएर सन्दीप निर्दोष ठहरिए विश्वकपमा लैजाने बताइरहेका छन् । जिल्ला अदालतले दोषि ठहर गर्दै सजाय सुनाएपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।