बाह्रबिसे । नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ भोटकोशी गाउँपालिका स्तरीय समिति गठन भएको छ । भोटेकोशी पार्टी सभापति देवीबहादुर बुढाथोकीले आइतबार समिति गठन गरेका हुन् ।
समितिको अध्यक्षमा टासी शेर्पा रहेका छन् । उपाध्यक्षमा डुन्डुप तामाङ, ज्ञानी श्रेष्ठ, सचिवमा दानुर्बु शेर्पा र सुमन तामाङ, सहसचिवमा पासा ङ शेर्पा र नातिकाजी गुरुङ रहेका छन् ।
अन्य सदस्यहरुमा डुकछिरी तामाङ, जीवन श्रेष्ठ, लाक्पा डोमा तामाङ, शुक्र थामी, पदम बहादुर नेवार, बुद्ध थामी डुकेल शेर्पा, र इन्दिरा प्रधान रहेका छन् । पछिल्लो समय पालिका कांग्रेसले भातृ संगठन विस्तारलाई तीब्रता दिएका छन् ।


