काठमाडौं । बागमती प्रदेशसभामा बहुसंस्कृति नेपालको पहिचान, मौलिक चलचित्रलाई हाम्रो प्रोत्साहन भन्ने नारासहितको नीति तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै माननीय प्रदेश प्रमुख यादवचन्द्र शर्मा,मानीय आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, माननीय भौतिक पूर्वधार मन्त्री युवराज दुलाल, माननीय श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, माननीय रत्न ढकाल, माननीय मुख्यन्यायधिवक्ता ज्ञानेन्द्र नेपाल, प्रदेशका कर्मचारी पत्रकारहरुसहितको समुपस्थितिमा सोमबार साँझ हेटौडाको नारायणी मलस्थित चलचित्र घरमा लघु चलचित्र तथा बृत्तचित्र प्रदर्शन गरियो ।
सञ्चार रजिष्ट्रारको कार्यालयले सञ्चालन गरेको चलचित्र पटकथा लेखन कार्यशालामा सक्रिय सहभागी भई पुरुषोत्तम बस्नेतद्धारा लिखित तथा निर्देशित लघु चलचित्र घटेरो, श्रीधर न्यौपानेद्धारा लिखित तथा निर्देशित लघु चलचित्र फाइट फर आइडिन्टीटी, कृष्णप्रसाद धितालद्धारा लिखित तथा निर्देशित लघु चलचित्र एप्रोन र अमृत श्रेष्ठ गृष्मद्धारा लिखित तथा निर्देशित लघु चलचित्र आकाश, सिर्जना दुवालद्धारा लिखित तथा निर्देशित बृत्त चित्र बाफाचा, मौलिक चलचित्र प्रबद्र्धन सहयोग कार्यक्रम कार्यान्वयन कार्यविधि बमोजिम प्रोत्साहनबृत्ति प्राप्त गर्ने निरञ्जनराज भेटवालद्धारा लिखित तथा निर्देशित लघु चलचित्र साक्षी रुख, कुमार तामांगद्धारा लिखित तथा निर्देशित बृत्तचित्र लुकेको स्वर्ग, शिव पुरीद्धारा लिखित तथा निर्देशित बृत्तचित्र काठमाडौ उपत्यकाको सम्पदा प्रदर्शन गरियो । मौलिक चलचित्र प्रबद्र्धन गर्ने बागमती प्रदेश सरकारको नीति अनुरुप ती चलचित्र प्रदर्शन गरिएका हुन ।
चलचित्र तथा बृत्तचित्रका लेखक तथा निर्देशकहरुलाई गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते बागमती प्रदेश प्रमुख शर्मा, माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेल र माननीय आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठबाट दोसल्ला तथा प्रशंसा पत्र प्रदान गरिएको छ । अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने नीति अनुरुप बागमती प्रदेश सरकारले सिर्जना र कलाको क्षेत्रमा केहि काम गर्न खोजेका छ। कार्यक्रम गर्नका लागि होइन, उत्पादनशिल बनाउनका लागि गर्ने उद्देश्य अनुरुप सञ्चालन गरिएका सीप तथा क्षमता बिकास कार्यक्रमबाट तयार गरिएका लघु चलचित्र र बृत्त चित्रले बागमती प्रदेशको संस्कृति र पर्यटन प्रबद्र्धन गर्न योगदान गर्ने बिश्वास छ ।