काठमाडौं । पशुपति क्षेत्रविकास कोषले पशुपतिका विद्युतीय शवदाह गृह आगामी साउनदेखि निःशुल्क गर्ने घोषणा गरेको छ ।
जलहरी भ्रष्टाचार प्रकरणमा सफाइ पाएसँगै मिलनकुमार थापाले को सदस्यसचिवले यस्तो घोषणा गरेका हुन् ।
सदस्यसचिवमा पुर्नवहाली भएसँगै थापाले दुईवटा घोषणा सार्वजनिक गरे । उनले सेतो सत्तल गुह्येश्वरीमा बृहत् अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने अर्को निर्णय पनि गरेका छन् । धार्मिक, सांस्कृतिक अध्ययन र अनुसन्धानका लागि उपयोगी हुनेगरी उनले अन्तर्राष्ट्रिस्तरको पुस्तकालय निर्माण गर्ने घोषणा गरेका हुन् । “धार्मिक एवं सांस्कृतिक अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय सेतो सत्तल गुह्येश्वरीमा निर्माण गरिनेछ,” थापाले भने, “दुवै निर्णय औपचारिक रूपमा कोष सञ्चालक परिषद्को बैठकमा प्रस्ताव गरी कार्यान्वयन हुनेछन् ।”


