काठमाडौं । अमेरिकी दूतावासले चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।
बिहीबार साँझ एक विज्ञप्तिमार्फत क्यानले सन्दीपको भिसाका लागि कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्बाट पहल भएको बताएको हो ।
‘नेपाल क्रिकेट संघका साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दिप लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति ९भिसा० दिन असमर्थता जनाएको व्यहोरा जानकारी गराउन चाहान्छौँ,’ क्यानले भनेको छ ।


