काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सीप मेलाको आयोजना गरेको छ ।
बुधबार महानगरकी उपमेयर सुनीता डंगोलले मेलाको उद्घाटन गरेकी हुन् । उनले यस मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने उद्देश्य रहेको बताइन् ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोडनका लागि सो मेलाको अवधारणा अघि सारिएको पनि उनले स्पष्ट पारिन्। मेलामा तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन्। सो तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि काठमाडौँ महानगरपालिकाले जनाएको छ।


