काठमाडौं । निरन्तर वर्षा भएपछि नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ।
आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीच आज बिहान खेल हुने तयारी थियो तर लगातार पानी परेपछि खेल रद्द गरिएको हो।
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रगंशालामा खेल हुने तयारी भइरहँदा लगातार वर्षा भएको थियो। पानी पर्न नरोकिएपछि टससमेत नभइ खेल रद्द भएको हो।
केहीबेर पानी रोकिँदा ग्राउण्ड स्टाफले मैदानको पानी सोस्ने काम गरेका थिए। तर पनि पुनः वर्षा भएपछि टससमेत नभइ खेल रद्द भएको हो। खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले एक(एक अंक बाँडेका छन्।


