काठमाडौं । पशुपति मन्दिरमा आयोजित कोटी होममा कथा वाचनका लागि आएकी देवी प्रतिभाले आफूविरुद्ध दुष्प्रचार गरिएको बताएकी छिन् । उनी १२ दिन प्रवचन गर्न भनेर नेपाल आएकी थिइन् । आयोजकको अनुरोधमा थप दुई दिन प्रस्तुति दिएकी हुन्
पौराणिक कथा वाचनभन्दा अगाडि प्रतिभाले केही समसामयिक कुराहरु गरेकी थिइन् । त्यसक्रममा आफूमाथि सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीहरुप्रति दुःख व्यक्त गरिन् । कोटिहोमबाट ठूलो रकम ‘पारिश्रमिक’ लिएको चर्चाका विषयमा उनको तीव्र असन्तुष्टि थियो ।
हिजोको प्रवचनमा देवी प्रतिभाले आफ्ना आलोचकहरुलाई कडा टिप्पणी गर्दै भनेकी थिइन्( जब हाथि चले बाजार तो कुत्ते भुँके हजार । आज उनले तिनीहरुलाई विधर्मी संज्ञा दिइन् । यद्यपि, करोडौं नेपालीहरुले आफूलाई माया गरिरहेको भन्दै पनि व्यक्त गरिन् ।आफू नेपालकी छोरी भएको र विदेशमा नेपालको प्रचार गर्दै हिँडेको उनले बताइन् ।
देवी प्रतिभाले भनिन्, ‘यदि विदेशमा गएर नेपालको प्रचार गर्नु, हिन्दू राष्ट्रको गुणगान गाउनु नै देवी प्रतिभाको गल्ती हो भने यो गल्ती म जीवनभर गर्न चाहन्छु ।’


