काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-१० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इण्डष्ट्रीद्वारा उत्पादित अक्वा त्रिदेव ब्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएको छ ।
महानगरका निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोङ्गबु क्षेत्रबाट विभिन्न ५ वटा ब्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो । लिइएको नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।
परीक्षण रिपोर्टअनुसार अक्वा त्रिदेव ब्राण्डको पानीमा फिकल कोलिफर्म भेटिएको डा.झाले जानकारी दिए । प्रति १०० मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ युनिट (सीएफयू) देखिएको छ । यो शून्य हुनुपर्ने डा.झाले बताए ।
उनका अनुसार जरिवाना गरिएसँगै यो व्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।


