काठमाडौं । बाह्रबिसे– ७ खनियावासकी ७१ वर्षीया रत्नकुमारी थापाको हत्या आरोपमा प्रहरीले फुने भनिने ३६ वर्षीय सञ्जीव देउजालाई पक्राउ गरेको छ ।
सोमवार अभियुक्त देउजालाई काठमाडौंबा पक्राउ गरेको हो ।
मृतक रत्नकुमारी घरमा एक्लै बस्दै बस्दथिन् र उनका छोरा वैदेशिक रोजगारीको शिलशिलामा गएका थिए भने बुहारी र नातिनातिना काठमाडौं बस्ने गर्दथे । अभियुक्त देउजाले बृद्धाले २ दिन अगाडी वाह्र हजार बृद्धभत्ता र छोरीले सापटी फिर्ता गरेर दिएको पचास हजार गरि बैसठ्ठी हजार लुटेर हत्या गरि फरार भएका थिए ।
साथै हत्याराले मृतक थापाको सुनको बुलाकी,आधा तोलाको रिङ,तिलहरी गरि साँढे १ तोला सुन समेत लुटेर घाँटी थिचेर हत्या गरेको पाईएको प्रहरीले जनाएको छ ।


