काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई प्रहरीले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
सोमबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमै राखेर अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो । काठमाडौंमा आइतबार पक्राउ परेका उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद थप गरिएको हो ।
जोशीमाथि विभिन्न पाँच सहकारी संस्थाबाट ६५ करोड रुपैयाँभन्दा बढीको रकम गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोप लागेको छ ।