काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले रोकिएका आइपीओ चाँडै निष्काशन गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले बुधबार पदभार ग्रहण कार्यक्रममा यस्तो बताएका हुन् ।
पदरभारपछि श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशनअनुसार अगाडि बढ्ने बताए।
नयाँ स्टक एक्सचेन्जको विषयमा आफू स्पष्ट रहेको उनको भनाइ। उनले लामो समयदेखि अध्यक्षविहीन धितोपत्र बोर्डको अध्यक्षमा आफू ठूलो जिम्मेवारीका साथ आएको बताए। उनले चुनौतिहरू धेरै रहेपनि रोकिएका सबै काम पूरा गर्ने बताए। उनले सबै लगानीकर्ताको पक्षमा काम गर्ने बताए।