काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ भने एक युरोको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । यसैगरी आइतबारका लागि एक पाउण्ड स्टर्लिङको खरिददर एक सय ७० रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा, बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा, बिक्रीदर ३६ रुपैयाँ चार पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।


