काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकार रनिजी क्षेत्रको सहकार्यमा उद्यमशीलताको विकास गर्नुपर्ने बताएका छन् ।
महासंघले आयोजना गरेको एफएनसीसीआई इनोभेसन डायलगमा ढकालले उच्च गुणस्तरका सामान उत्पादन गरी बजारको माग पूरा गर्न व्यवसायीहरूले पनि ध्यान दिनुपर्ने बताए ।
उनले नेपाल सन् २०२६ नभेम्बरदेखि अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँने भएकाले युरोपेली युनियनलगायत विभिन्न विकसित देशहरूमा पाइरहेको भन्साररहित सुविधा गुम्ने बताए ।


