काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा हरियाली छाएको छ । आज नेप्से १५.८३ अंकले बढेको हो ।
आज ३०९ वटा धितोपत्रको एक करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर किनबेचबाट ६ अर्ब ३४ करोडको सेयर कारोबार भएको नेप्सेले जनाएकोछ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ३८ करोड रूपैयाँ कमी आएको हो।


