काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला २१०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार बढेर तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।