काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सहिद मार्गअन्तर्गत घोराही-रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका छन्।
पूर्वअर्थमन्त्री समेत रहेका उनले आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै यस्तो आपत्ति जनाएका हुन् । उनले सडक खण्डका लागि छुट्याइएको १ अर्ब २५ करोडमध्ये ६८ करोड रकमान्तर गरिएको बताए।
पुनले सिमेन्ट उद्योगका टिपरका कारण सडकको अवस्था बिग्रिँदा दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको बताए।


