काठमाडौं । लगातार ओरालो लागेको शेयर बजार साताको अन्तिम कारोबार दिन विहीबार पनि दोहोरो अंकले घटेको छ । आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब १३ अङ्कले घटेको हो।
आज नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर २ हजार ६६९ दशमलव ३१ को विन्दुमा कायम भएको छ।
आज ३१२ कम्पनीको ९५ लाख ९९ हजार ३४३ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज ६२ कम्पनीको मूल्य बढ्दा १७५ को घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर छ।