काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ‘एमबीएल इक्विटी फण्ड’ हिजो चैत १४ गते बाँडफाँड गरेको छ।
क्यापिटलले प्रतिइकाई १०० रुपैयाँका दरले जम्मा १२ करोड इकाई बिक्रीमा ल्याएको थियो। जसमा कुल इकाईभन्दा बढी संख्यामा खरीद आवेदन परेपछि योजनाको आकार वृद्धि गरेर १२ करोड १६ लाख २५ हजार ३३० इकाई कायम गरिएको जनाएको छ।
क्यापिटलले रीतपूर्वक आवेदन दिने सबै सर्वसाधारणलाई माग गरे बमोजिम १० करोड ३३ लाख ८१ हजार ५३० इकाई बाँडफाँड गरेको छ।


