काठमाडौं । पूर्वगृहसचिव तथा नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । नपाएको ओहोदा पाएको तथा पदमा रहन जन्ममिति किर्ते गरेको अभियोगमा उनीविरुद्ध गत मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालविरुद्धको आरोप पुष्टि हुन नसक्ने फैसला आइतबार दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि शैक्षिक योग्यता र नागरिकतासम्बन्धी झूटो विवरण पेश गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको थियो ।


