काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बैंकले आज सार्वजनिक गरेको विनिमयदर अनुसार
एक अमेरिकी डलरको खरिदमूल्य १३६ रुपैयाँ ०८ पैसा र बिक्रीमूल्य १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ भने एक युरोपियन युरोको खरिदमूल्य १५० रुपैयाँ ३९ पैसा र बिक्रीमूल्य १५१ रुपैयाँ ०५ पैसा तोकेको छ ।
यसैगरी आजका लागि एक युके पाउन्ड स्ट्रलिङको खरिदमूल्य १७६ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य १७७ रुपैयाँ ६२ पैसा कायम गरेको छ । यसैगरी एक स्वीस फ्र्यांकको खरिदमूल्य १६० रुपैयाँ २४ पैसा र बिक्रीमूल्य १६० रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८२ रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य ८२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रुपैयाँ ७९ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ २२ पैसा, सिंगापुर डलर एकको खरिदमूल्य १०१ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य १०१ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदमूल्य नौ रुपैयाँ ३९ पैसा र बिक्रीमूल्य नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदमूल्य १८ रुपैयाँ ६९ पैसा र बिक्रीदमूल्य १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदमूल्य ३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।


