काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१४ अंकले घटेको हो ।
आज नेप्से घट्दा ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार रुपैयाँ बराबरको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता शेयर कारोबार भएको छ ।
आज दिनभरमा १०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।


