काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बैंकले आजका लागि तय गरेको सटहीदर अनुसार एक अमेरिकी डलरको खरिददर १३६ रुपियाँ १३ पैसा र बिक्रीदर १३६ रुपियाँ ७३ पैसा रहेको छ भने एक युरोपियन युरोको खरिददर १५४ रुपियाँ ९४ पैसा र बिक्रीदर १५५ रुपियाँ ६३ पैसा निर्धारण गरेको छ ।
यस्तै एक युके पाउन्ड स्ट्रलिङको खरिददर १८२ रुपियाँ २५ पैसा र बिक्रीदर १८३ रुपियाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपियाँ ९९ पैसा र बिक्रीदर १६५ रुपियाँ ७१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ १२ पैसा र बिक्रीदर ८७ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ३० पैसा र बिक्रीदर ९८ रुपियाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ९२ पैसा र बिक्रीदर १०४ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७२ पैसा र बिक्रीदर १८ रुपियाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २९ पैसा र बिक्रीदर ३६ रुपियाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३५ पैसा र बिक्रीदर ३७ रुपियाँ ५१ पैसा कायम भएको छ ।


