काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकबाट भन्सार विधेयक पारित भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव लाई सभाले पारित गरेको हो ।
यो विधेयक अघिल्लो सरकारले ल्याएको थियो । तत्कालीन अर्थमन्त्री डा। प्रकाशशरण महतले १८ असोज ०८० मा प्रतिनिधिसभामा दर्ता गरेका थिए ।
१८ चैत २०८० मा दफावार छलफलका लागि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा पुगेको थियो । अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको थियो । मंगलबार सभाले पारित गरेको हो ।


