काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसूचक ३.५८ अंकले बढेर २,६६१.६० विन्दुमा बन्द भएको हो ।
आज १० करोड ८७ करोड ५९ लाख रुपैयाँको सेयर खरिदबिक्रीबाट १० अर्ब बढीको कारोबार भएको छ ।
आज १०४ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै, १४१ कम्पनीको सेयरमूल्य घटेको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।
आज कारोबारमा आएका १३ मध्ये ६ कम्पनीको सेयरमूल्य बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।


