काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
बैंकले आज सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम भएको छ भने एक युरोपियन युरोको खरिददर १५४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ६९ पैसा कायम गरेको छ ।
यस्तै एक युके पाउन्ड स्ट्रर्लिङको खरिददर १८१ रूपैयाँ ०५ पैसा र बिक्रीदर १८१ रूपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १६४ रूपैयाँ १३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३० पैसा र बिक्रीदर १०३ रूपैयाँ ७५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४१ पैसा तोकेको छ ।


