काठमाडौंको मखन गल्लीमा आगलागी भएको छ । आज बिहान काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीको सुरज आर्केडपछाडि रहेको चार तले घरमा लागेको आगलागीमा परी एकजना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।
उनका अनुसार अहिले आगो नियन्त्रणमा आएको छ ।