काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दललाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्याएको दावी गरेका छन् ।
उनले शनिबार डोटीमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।
उनले भने, “हामीलाई तपाईं हामीजस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्तिसम्झौता हुँदै तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्याएका हुन् ।”