काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार पनि सेयर बजार १९ अंकले बढेको छ ।आज २ करोड २३ लाख कित्ता सेयर बिक्रीबाट ९ अर्ब ८२ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
यस दिन १०४ वटा धितोपत्रको मूल्य बढ्दा १४२ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।
कारोबारतर्फ ङादी ग्रुप पावरको ६९ करोड, राधी जलविद्युत्को ६० करोड, कुमारी बैंकको ४२ करोड, युनिभर्सल पावर कम्पनीको ४० करोड र माउन्टेन इनर्जी नेपालको ३४ करोडको कारोबार भएको छ।


