काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा प्रतिपक्षी र सत्तापक्षबिच सहमति हुने बताएका छन् ।
उनले बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस्तो खलासा गरेका हुन् । उनले भिजिट भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन गर्नुपर्ने आफुहरुको मागमा सत्तापक्षले सकारात्मक प्रतिबद्धता जनाएको बताएका हुन् ।
उनले शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुने उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थप छलफल गर्नुपर्ने बताएपछि बिहीबारको सदन केहिबेर बसेर स्थगित गरिएको उनले बताए ।