काठमाडौं । संघीय संसद् सचिवालयको सचिव पदमा सुरजकुमार दुरा बढुवा भएका छन् ।
शनिबार सभामुखको अध्यक्षतामा बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
यसअघि लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि सुरजकुमार दुरा, मनोजकुमार गिरी र हृदयराम महर्जनलाई सचिव पदका लागि सिफारिस गरेको थियो।


