काठमाडौं । सातको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ९३ अंकले घटेको हो ।
आज ३१० कम्पनीको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ८७ हजार तीन सय दुईपटक खरिद बिक्री हुँदा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० रुपैयाँबराबरको कारोबार भएको हो । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूह तीन दशमलव १३ र जलविद्युत् समूह दुई दशमलव ७८ प्रतिशतले घटेको हो ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको ७५ करोड ७३ लाख ९७ हजार ३७१ बराबरको २१ करोड ८३ लाख ८२२ बराबरको कारोबार भएको छ ।