काठमाडौं । आज पनि सेयर बजारमा उच्च गिरावट आएको छ । साताको अन्तिम दिन आज नेप्से परिसूचक २४।७६ अंकले घटेको हो ।
यसदिन ३१४ स्क्रिप्सको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर ११ अर्ब २३ करोड १४ लाख ८९ हजार ९६४ रुपैयाँमा खरिदबिक्री भए।
आज तीन कम्पनीको सेयर १० प्रतिशतले घट्यो। पियोर इनर्जी,रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले घटेको हो।
कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्ष स्थानमा रह्यो ।