काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले भेटवार्ता गरेका छन् ।
अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटका क्रममा महासङ्घका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको गुनासो गरेका छन् ।
अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्ने बताए । भेटका क्रममा शिक्षक महासङ्घका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई राजनीतिक अस्थिरता र अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयन गर्न आग्रह गरे।


