काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । ।
अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी व्यवसायीले नागरिकको संवैधानिक हक हनन गरेको भन्दै सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दर्ता गरेका थिए ।


