काठमाडौं । कमलादीमा गणेश मन्दिरमा तत्कालीन राजपरिवारको सम्झनामा दीप प्रज्ज्वलनदरबार हत्याकाण्डमा ज्यान गुमाएका तत्कालीन राजपरिवारलाई श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन गरिएको छ।
उनीहरूसँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजावादी नेता कार्यकर्ताहरू पनि कमलादी पुगेका छन्।
दीप प्रज्ज्वलन कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा रानीको तस्बिरमा माल्यार्पण गरेका थिए। उनीपछि राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले गरे।


