काठमाडौं । निजामती विधेयकमा भएको कुलिङ पिरियडसम्बन्धी प्रकरणबारे छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन हुने भएको छ।
शनिबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग गरेको बैठकपछि यस्तो निर्णय भएको हो ।
उनका अनुसार समितिमा नेपाली कांग्रेसबाट २, नेकपा एमालेबाट २, माओवादीबाट १, रास्वपाबाट १ र राप्रपाबाट १ सदस्य रहनेछन्।
संसद्को आउँदो बैठकमा समिति गठन हुनेछ। समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिइने पनि बर्तौलाले जानकारी दिए।