काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (विहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
बैंकले आज तय गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।
यसैगरी आजका लागि एक युरोपियन युरोको खरिददर १६० रुपैयाँ ९४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८७ रुपैयाँ २९ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५८ पैसा र बिक्रीदर ९० रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ २२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६६ पैसा रहेको छ ।
सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३० पैसा र बिक्रीदर चार रुपैयाँ ३१ पैसा, यूएई दिराम एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।
स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २१ रुपैयाँ ६६ पैसा तोकिएको छ ।


