काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६ जना एकसाथ गायब भएका छन् । स्थानीय उर्मिला हायुको परिवार केही दिनदेखि अचानक गायब भएको हो गोलाञ्जोर गाउँपालिका ६ बागेश्वरका १६ जना तीनदिनदेखि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।
अहिले बेपत्ता भएका परिवारको घरमा प्रहरी पुगिसकेको छ। ‘परिवारका कसैको पनि मोबाइल सम्पर्कमा छैन।


