काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुनका कारण भारी वर्षा हुनसक्ने भन्दै उपत्यका प्रवेश गर्ने र बाहिरिने यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले केही दिन वर्षा हुने आकलन गरेपछि स्थानीय प्रशासनले ‘ट्राभल अलर्ट’ गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय, चितवनले जारी गरेको सूचनामा नारायणगढ–मुग्लिन सडकमा पटकपटक पहिरो खस्ने गरेको स्मरण गराएको छ। सूचनामा भनिएको छ, ‘कृपया अत्यावश्यक नपरी यात्रामा ननिस्किनु होला।’


