काठमाडौं । सोमबार पनि सेयर बजारमा उच्च गिरावट आएको छ ।
आज नेप्से परिसूचक २२ दशमलव ३५ अंकले घटेर दुई हजार ६८४ दशमलव ०१ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न ३११ कम्पनीका सेयर किनबेचबाट आठ अर्ब ३७ करोड ७३ लाख २७ हजार १४७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ८० करोड ७० लाख ५६ हजार चार सय ५१ बराबरको शेयर खरिद बिक्री भएको छ ।


