काठमाडौं । अर्थ मन्त्रालयले ९० जना अधिकृतको जिम्मेवारी हेरफेर गर्दा ७ जना भन्सार अधिकृतहरु पनि सरुवामा परेका छन् ।
यसरी सरुवामा पर्ने भन्सार अधिकृतहरुमा रसुवागढी भन्सार कार्यालयमा कार्यरत रवीन्द्र प्याकुरेललाई आन्तरिक राजस्व विभाग पठाइएको छ भने भैरहवा भन्सारमा रहेका माधवप्रसाद पौडेल अर्थ मन्त्रालय आएका छन् ।
यस्तै बीरगञ्ज भन्सारमा कार्यरत सुनिता पौडेलको पनि आन्तरिक राजस्व विभागमै सरुवा भएको छ ।
यसका साथै त्रिवि भन्सार कार्यालयमा कार्यरत अधिकृतहरु आँचल बराल, ईशा गौतम राजन सापकोटा र लोकराज ढुंगानालाई आन्तरिक राजस्व विभाग खटाइएको छ ।


