काठमाडौं । आज गणेश चतुर्थी अर्थात् भगवान् गणेशको जन्मदिन मनाइँदै छ। भगवान् गणेश सबै काममा बिघ्न हटाउने अर्थात् बिघ्नहर्ताका रूपमा पुजिन्छन्।
गणेश चतुर्थीका अवसरमा विनायक मन्दिरहरूमा श्रद्धालुको घुइँचो लागेको छ। यस अवसरमा आज विशेषगरी उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा भक्तजनको भीड लागेको छ ।


