काठमाडौं । साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा भाग लिन गएका प्रधानमनत्री केपी शर्मा ओलीले जिनान जिल्लाको धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आइतबार बिहान ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका हुन्।
शनिबार बिहान चीन पुगेका ओली अहिले जियानजिनमा रहेका छन्। को थियानजिन सहर पुगेका प्रधानमन्त्री ओलीले शनिबार चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रतिनिधिमण्डलसँग वार्ता गरिसकेका छन्।


