काठमाडौं । सगरमाथा आधार शिविरनजिकै लबुचेमा आज बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ।
क्याप्टेन विवेक खड्का सकुशल रहेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो ।


