काठमाडौं । हिजो उच्च अंकले गिरावट आएको नेप्सेमा आज भने नेप्से परिसूचक ४४.२५ अंकले बढेको छ ।
आज चार अर्ब ९७ करोड ५४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आज २०० कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ४४ कम्पनीको सेयरमूल्य घटेको छ । आठ कम्पनीको सेयरमूल्य स्थिर छ । नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र किस्ट माइक्रो इन्स्योरेन्स सेयरमूल्य १० प्रतिशतले बढेको छ ।


