काठमाडौं । विहीबार सामान्य घटेको सुनको मूल्य आज भने पुनः बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६०० रुपैयाँले बढेर एक तोलाको २ लाख ३८ हजार ४०० कायम भएको छ। बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार ८०० पुगेको थियो।
सुनको मूल्यसँगै चाँदीको पनि भाउ बढेको छ। महासंघका अनुसार १० रुपैयाँले बढेर एक तोलाको ३ हजार २० रुपैयाँ पुगेको हो।


