काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय वीरगन्जका सर्वेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार सर्वेक्षक राउत र सहयोगी उपाध्यायले आदर्शनगर पानी ट्याङ्की क्षेत्रका एक सेवाग्राहीसँग “कित्ता नं. ५५” को छुट जग्गा दर्ता गरिदिने भन्दै आपसी मिलेमतोमा घुस असुली गरेका थिए। अनुसन्धानमा उनीहरूले योजनाबद्ध रूपमा रकम लिएर नाप, सीमाना मिलान र हालसाबिक मिलाउने कार्यमा दुरुपयोग गर्दै आएको प्रमाण फेला परेको अख्तियारले जनाएको छ।
छुट जग्गा दर्ता गरिदिने नाममा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस माग्दै लिइसकेको अवस्थामा उनीहरूलाई २०८२ मंसिर २ गते अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।


