काठमाडौं । उज्यालो नेपाल पार्टीले नयाँ राजनीतिक दलहरू एकता भई गठित हुने पार्टीको सभापति रवि लामिछाने बन्ने र आगामी चुनावपछिको प्रधानमन्त्री हाल काठमाडौं महानगरपालिकाका मेयर रहेका बालेन्द्र शाह (बालेन) हुने प्रस्ताव अस्वीकार गरेको छ ।
उज्यालो नेपालको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा रास्वपा र मेयर बालेनको तर्फबाट आएको प्रस्तावबारे छलफल भएको थियो । एकताका लागि भनेर आएको प्रस्तावमा संरक्षक कुलमान घिसिङ र पार्टीको हिस्सेदारी के कति हुने भन्ने ठोस प्रस्ताव नआएको र आफ्नो कुरा मात्रै राखिएको भन्दै सभापति रवि लामिछाने हुने र आगामी प्रधानमन्त्री बालेन हुने प्रस्ताव अस्वीकार गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।


