काठमाडौं । सरकारले जेनजी समूहसँग भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ। आज बेलुका सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको उनले बताए। बैठकले प्रधानमन्त्री र जेनजी प्रतिनिधीबीच भएको सम्झौता बमोजिम जेनजी आन्दोलन जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए।
त्यस्तै बैठकले न्याय सेवा आयोगको सिफारिसअनुसार अख्तियारमा कार्यरत नेपाल न्यायसेवा कानुन समूह राजपत्राङ्कीत प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई नेपाल न्यायसेवाको राजपत्राङ्कीत विशिष्ठ श्रेणीको पदमा बढुवा नियुक्त गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको उनले बताए।


